यसरी भएको थियो फेसबुकको जन्म



एजेन्सी
सन २००४ मा मार्क जुगरबर्ग र हावर्ड युनिभर्सिटीका उनका चारजना साथी मिलेर सोसल नेटवर्किङ प्लेटफर्म द फेसबुकको सुरुवात गरेका थिए । अहिले फेसबुक सुरु भएको १६ वर्ष पुरा भएको छ । यहि विचमा फेसबुकलाई केही आरोप पनि लाग्यो । कम्पनिका डाटा प्राइवेसीसंग सम्बन्धित केही विवाद पनि भयो । अनेक टिकाटिप्पणीका वावजुत पनि अहिले फेसबुकमा दुई बिलियन प्रयोगकर्ता जोडिएका छन् । फेसबुक बनाउनु अघि मार्क जुगरबर्गले फेसमास बनाएका थिए । सन् २००३ मा जुगरबर्गले युनिभर्सिटी डेटाबेस ह्याक गरेर केही फोटो चोरेर उनले वेभसाइटमा अपलोड गरेर लाईभ गरिदिएका थिए । पछि हावर्ड प्रशासनले वेभसाइट शटडाउन गरेर मार्क जुगरबर्गमाथि सुरक्षा भंग गरेको आरोप लगायो । कपीराइट उल्लंघन गरेको र व्यक्तिगत गोपनियता उल्लंघन गरेको आरोप उनीमाथि लाग्यो । पछि उक्त आरोपवाट जुगरबर्गले सफाई पाए ।
त्यहि वर्षको मार्चमा द फेसबुक आइवी लीग युनिभर्सिट र कोलम्बियामा भाइरल भैसकेको थियो । सन २००५ अगस्तमा आफ्नो डोमेन नामवाट ‘द’ भन्ने शब्द हटाए र दुईलाख डलरमा अबाउटफेस कर्पोरेशनवाट फेशबुक डटकम नामको डोमेन खरिद गरे ।
२००५ सम्ममा फेसबुकको विस्तार युकेको युनिभर्सिटीमा विस्तार भएको थियो भने फोटो अपलोड गर्ने फिचर पनि सुरु भैसकेको थियो । फोटो राख्ने फिचर सुरु गर्दासम्म ६ मिलियन युजर जोडिइसकेका थिए । सन २००६ मा महत्वपूर्ण फिचर लञ्च गरे । सुरुमा फेसबुकमा इमेल एड्रेस राखेपछि १३ वर्ष उमेर पार गरेका जो सुकै व्यक्ति सहभागी हुन सक्थे । फेरि अर्को फिचर थपियो फेसबुक नोट्स । जुन फिचर कवि एवं लेखकको विचमा काफी लोकप्रिय भयो ।
फेसबुकमा जोडिनेहरु क्रमश बढ्दै गए । सन २०१२ अप्रिलमा फेशबुकले १ बिलियन डलरमा इन्स्टाग्राम खरिद ग¥यो । सन २०१४ फेब्रुअरिमा १६ बिलियन डलरमा ह्वाट्सअप अधिग्रहण ग¥यो ।

प्रतिक्रिया दिनुहोस्