खुम्बु पासाङल्हामुमा सिकाई उपलब्धी तथा शैक्षिक गुणस्तरबारे अन्तरक्रिया सम्पन्न
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।खुम्बु पासाङल्हामु गाउँपालिका तथा हिमालयन ट्र्ष्ट नेपालको सहकार्यमा सामुदायिक विद्यालयका प्रधानाध्यापक,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, हिमालय ट्र्ष्ट र गाउँ शिक्षा समितिको संयुक्त बैठक तथा अन्तरक्रिया कार्यक्रम खुम्बु पासाङल्हामु गाउँपालिकामा सम्पन्न भएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका- ३ का कार्यवाहक अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाको अध्यक्षतामा सोमबार सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रमा हिमालयन ट्र्ष्टका शिक्षा सल्लाहकार महेन्द्र कठायत, तालिम अधिकृत ईश्वरमान राई, अभिन महर्जन, कार्यक्रम व्यवस्थापक लाक्पातेन्जी शेर्पाको प्रस्तुतीकरण रहेको थियो।
१६ ओटा सामुदायिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको सहभागिता रहेको उक्त कार्यक्रममा बिगतमा भएका सिकाइ उपलब्धी सर्वेक्षण सम्बन्धी समीक्षा, शैक्षिक गुणस्तर कायम गर्न सम्बन्धित पक्षले खेल्नुपर्ने भूमिका लगायत विद्यालयको शैक्षिक, भौतिक, प्रशासनिक क्षेत्रमा सरोकारवाला पक्षको जिम्मेवारीको बारेमा छलफल भएको थियो ।
पालिकाको तर्फबाट प्रमुख प्रशाकीय अधिकृत मोहन चापागाईं र प्रशासकीय अधिकृत सुजनकुमार बुढाथोकीले विद्यालयमा उठाइएका विद्यालयगत समस्या समाधानका लागि गाउँ शिक्षा समितिमा राखेर छलफल गरी पहल कदमी अगाडि बढाउँने प्रतिबद्धता ब्यक्ति गरेका थिए।

