नामाकरण भएको खुसियालीमा भोलि कोशी प्रदेशमा सार्बजनिक बिदा



बिराटनगर।प्रदेश नम्बर १ को नाम कोशी प्रदेशको रुपमा नामकरण भएको खसीयालीमा बिहीबार सार्वजनिक बिदाको घोषणा भएको छ ।

स्थापनाको ६ वर्षपछि प्रदेश नम्बर १ को बुधबार नामाकारण गरिएको हो।प्रदेश मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले नामकरण भएको उपलक्ष्यमा प्रदेशका सम्पूर्ण बासिन्दालाई बधाई ज्ञापन पनि गरेको छ ।संघीय संरचनामा निर्वाचन भएको पहिलो कार्यकालमा नाम टुंगो लगाउन सकेको थिएन।चार मुख्य राजनीतिक दल नेकपा (एमाले), नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीबिच प्रदेशको नाम ‘कोशी प्रदेश’ राख्ने सहमति जुटेपछि बुधबार सम्पूर्ण प्रक्रिया पूरा गरिएको हो।

प्रतिक्रिया दिनुहोस्