एमाले सोताङले २५ गतेभित्र सबै वडामा ‘मिसन ग्रासरुट’अभियानको पहिलो चरणको कार्यक्रम सक्ने



सोलुखुम्बु।नेकपा एमाले ‘मिसन ग्रासरुट ‘अभियान अन्तर्गत सोताङ गाउँपालिकामा पहिलो चरणको कार्यक्रम अन्तर्गत अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा एमाले प्रदेश कमिटी उपसचिब सैलेश लामाको प्रमुख आतिथ्यतामा बुधबार सम्पन्न कार्यक्रमले फागुन २५ गतेभित्र पालिकाका सबै वडामा’मिसन ग्रासरुट’ अन्तर्गतको पहिलो चरणको कार्यक्रम सम्पन्न गर्ने निर्णय गरेको अनेरास्ववियुका नेता मिलन नाछिरिङ राईले जानकारी दिए।

प्रदेश कमिटी सदस्यद्वय डिबी रानापाल, सुर्यकुमारी सुनुवार तथा जिल्ला कमिटी उपाध्यक्ष हर्कबहादुर नाछिरिङ लगायतका नेताहरुको उपस्थितिमा सम्पन्न कार्यक्रमले घोषित २५ गतेको समयसीमा भित्र वडाहरुमा पहिलो चरणको कार्यक्रम सम्पन्न गर्न गाउँपालिकाका पांचवटै वडामा इन्चार्ज र सह-इन्चार्ज तोकेको उनले बताए ।

जस अनुसार वडा नं १ मा दाताराम गौतम इन्चार्ज तथा अपसाङ शेर्पा सह-इन्चार्ज,वडा नं २ मा वीरकुमार राई इन्चार्ज तथा तारा कटवाल सह-इन्चार्ज,वडा नं ३ मा प्रकाश कार्की इन्चार्ज तथा पृथु कार्की सह-इन्चार्ज,वडा नं ४ मा मानबीर राई इन्चार्ज तथा अन्जना खालिङ सह-इन्चार्ज र वडा नं ५ मा वीरबहादुर राई इन्चार्ज तथा लक्ष्मी बस्नेत,विष्णु बिकलाई
सह-इन्चार्जको जिम्मेवारी दिइएको छ।

कार्यक्रममा पार्टी परित्याग गरि नेपाली काङ्ग्रेस सक्रिय सदस्य बिनोद बस्नेत नेकपा एमालेमा प्रवेश गरेका छन् ।उनलाई प्रदेश कमिटी उपसचिव लामा लगायतका नेताले स्वागत गरेको नाछिरिङले बताए।

प्रतिक्रिया दिनुहोस्