नेचासल्यानमा करदाता सेवा शिबिर तथा अभिमुखिकरण कार्यक्रम हुने



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।नेचासल्यान गाउँपालिकामा एकदिने करदाता सेवा शिविर एबम् व्यावसायिक अभिमुखिकरण कार्यक्रम आयोजना हुने भएको छ।

नेचासल्यान उद्योग बाणिज्य संघद्वारा शनिबार आयोजना गरिने कार्यक्रममा स्थानीय ब्यबसायीहरुलाई करका सम्बन्धमा प्रशिक्षित गरिनुका साथै स्थायी लेखा नम्बर दर्ता तथा नवीकरणका लागि ब्यबसायीहरुलाई सहजीकरण गरिने कार्यसमिति सदस्य नवराज जम्मरकटेलले जानकारी दिए।

उनका अनुसार कार्यक्रममा करदाता सेवा कार्यालय ओखलढुंगाका प्रमुख नेत्र बास्तोला,कोष तथा लेखा नियन्त्रण कार्यालय सोलुखुम्बुका प्रमुख तथा,गाउँपालिकाका प्रशासकीय अधिकृत युवराज पोखरेलले ब्यबसायीहरुलाई प्रशिक्षण प्रदान गर्नेछन्।

गाउँपालिका अध्यक्ष धनजन राईको प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रममा सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराई,प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठ लगायतको उपस्तिथि रहने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्