राष्ट्रपतिको बिषयमा छलफल गर्न एमाले र राप्रपाको बैठक बस्दै



काठमाडौं।राष्ट्रपति निर्बाचनका बिषयमा छलफल गर्न सत्तारूढ दुईदल नेकपा एमाले र राप्रपाको छुट्टाछुट्टै बस्दैछ।

बिहान ९ बजे बस्ने एएमाले सचिवालय बैठकले राष्ट्रपतिको उम्मेदवारका बारेमा औपचारिक निर्णय गर्ने बताइएको छ। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भएको सहमति अनुसार राष्ट्रपति एमालेले पाउनुपर्ने अजेन्डालाई प्राथमिकता राखेर बैठकले निर्णय गर्ने छ।

सचिवालयको बैठकको निर्णयसहित दिउँसो ओलीले दाहालसंग छलफल गर्ने बताईएको छ।। उता सत्तारुढ अर्को दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनबारे छलफल गर्न बैठक बोलाएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठक अपरान्ह १२:३० बजेका लागि बोलाएका हुन्।

राष्ट्रपति निर्वाचन, समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्