शेर्पा लगायत हिमाली समुदायले आज ग्याल्पो ल्होसार मनाउंदै
काठमाडौंं।शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले मनाउने ग्याल्पो ल्होसार आजबाट सुरु भएको छ ।१५ दिनसम्म मनाईने ग्याल्पो ल्होसारको ३ दिन भने विशेष दिनको रुपमा मनाइने प्रचलन रहेको छ ।

नयाँ वर्ष को सुरुवातको रुपमा लिइने आजको दिनमा उक्त समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी ल्होसार मनाउँदै छन् । आज बराह वर्ष पूरा भई मुसा वर्ष सुरु हुँदैछ।ल्होसारको पहिलो दिन गुरुको हातबाट आशिष लिने गरीन्छ भने दोस्रो दिन अग्रजको हातबाट आशिष लिने प्रचलन रहेको छ र तेस्रो दिन प्रकृति पुजा गरेर यो पर्व मनाइने गरीन्छ ।
पछिल्लो समय शेर्पा समुदायका साथै तामाङ, गुरुङ, हुम्ली, मुस्ताङे अनि मनाङै लगायत अन्य धेरै समुदायले पनि यो ल्होसार मनाउने गर्दछन । शेर्पा संस्कृति अनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ, बालक जुन वर्षमा जन्मेको हुन्छ, त्यसकै आधारमा उसको जीवनका धार्मिक क्रियाकलाप सञ्चालन हुन्छ ।
मैदाको पिठोबाट बनेको खाप्से लोपूल जस्ता परिकार खाने गरीन्छ । यसैगरी घरको छत, आगन, गुम्बा अनि चैत्यहरु पुराना ध्वजाहरु फेरिने गरीन्छ भने पारिवारीक भेटघाटको रुपमा पनि लिने गरिन्छ । ग्याल्पो ल्होछारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

