नेबिसंघ सोलुखुम्बुको सचिबमा निरौला



सोलुखुम्बु।नेपाल विद्यार्थी संघ सोलुखुम्बुको सचिबमा मोहनकृष्ण निरौला मनोनीत भएका छन्।

नेबिसंघ नेचासल्यान गाउँपालिका समितिका अध्यक्ष निरौलालाई जिल्ला अध्यक्ष नवीन बस्नेतले सोमबार जिल्ला कार्यसमितिको सचिब मनोनयन गरेका हुन् ।

बस्नेतलाई भने केन्द्रिय अध्यक्ष दुजाङ शेर्पाले गत मंसिर अन्तिम साता जिल्ला अध्यक्षमा मनोनीत गरेका थिए। ३२ बर्षे उमेर हद आकर्षित भएका कारण नेबिसंघ सोलुमा अध्यक्ष पद रिक्त रहेको थियो।

प्रतिक्रिया दिनुहोस्