नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन
काठमाडौँ।पूर्व अर्थसचिवसमेत रहेका नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको निधन भएको छ। ९५ वर्षीय राणाको उमेरमा निधन भएको छ।काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचाररत राणाको आइतबार बिहान साढे ६ बजे निधन भएको हो ।

जबराले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमअन्तर्गत रहेर सन् १९६२ देखि १९८६ सम्म विभिन्न देशहरूमा प्रतिनिधिको रुपमा काम गर्दै आएका थिए । उनी नेपालको पहिलो गभर्नर तथा हुन् ।उनी हिमालयन बैंकका संस्थापकसमेत हुन्।

