आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस : बिबिध कार्यक्रम आयोजना गरी मनाईंदै



काठमाडौं ।३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकब्यापी रूपमा बिबिध कार्यक्रमको आयोजना गरी मनाईंदैछ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पृथ्वी जयन्तीको अवसरमा २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सत्ता साझेदार दल राप्रपाले पुस २७ मा सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै आएको थियो । पुस २७ मा सार्वजनिक बिदा दिनुपर्ने विषयलाई उसले प्रमुख शर्तका रूपमै अघि सारेको थियो ।

सरकारले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीले त्यसको स्वागत गरेको छ ।

उक्त निर्णयले मुलुकमा सबै जातजातिकाबीच राष्ट्रिय एकता कायम गर्न सहयोग पुग्ने विश्वास राप्रपाको छ । विगतमा उक्त दिनमा बिदा दिने गरिए पनि दोस्रो जनआन्दोलनपछिका सरकारले सो बिदा कटौती गरेको थियो ।राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले आज राजधानी लगायत देसभरका ७७ वटै जिल्लामा बिबिध कार्यक्रमको आयोजना गर्दैछ।राजधानीमा आयोजना गरिने चियापानमा उपस्थित हुन अध्यक्ष राजेन्द्र लिङ्देनले हिजो संसद बैठकबाटै सबैलाई आमन्त्रण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्