प्रदेशसभामा किँरात राई पोशाकमा देखिए सांसद राजभण्डारी, अर्को बैठकमा तामाङ टोपी लगाउने



बिराटनगर।सोलुखुम्बुको प्रदेश निर्बाचन क्षेत्र ‘ख’ बाट निर्बाचित एक नं प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी आज किँरात राई पोशाकमा देखिएका छन्।

प्रदेशसभाको पहिलो बैठकमा शेर्पा पोशाकमा सहभागी भएका राजभण्डारी दोश्रो बैठकमा किराँत राईको पोशाकमा देखिएका हुन्।निर्बाचनमा आफुलाई मतदान गर्ने सबै जातका मतदाताहरुप्रति उत्तिकै सम्मान रहेको दर्शाउनका लागि आफू उपलब्ध भएसम्म सबै जातजातिको संस्कृति झल्कने पोशाक लगाएर प्रदेशसभा बैठकमा प्रतिनिधित्व गर्न चाहेको सांसद राजभण्डारीको भनाइ छ।

प्रदेशसभाको अर्को बैठकमा तामाङ समुदायको प्रतिनिधित्व देखाउन उनीहरूको परम्परागत टोपी लगाएर उपस्थित हुने जानकारी उनले दिए।प्रदेशसभाको पहिलो कार्यकालमा समेत पहिलो बैठकमा राजभण्डारी शेर्पा पोशाकमै उपस्थित भएका थिए।

प्रतिक्रिया दिनुहोस्