प्रदेश १ मुख्यमन्त्री कार्कीसहित तीन मन्त्रीले लिए शपथ
विराटनगर। प्रदेश नम्बर १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।

प्रदेश प्रमुखको कार्यालयमा सोमबार अपराह्न आयोजित समारोहमा कार्कीले ‘जनताका नाममा’ शपथ लिएका हुन्। प्रदेशप्रमुख परशुराम खापुङले कार्कीलाई शपथग्रहण गराए।
पथग्रहणको लगत्तै मुख्यमन्त्री कार्कीले ३ जनालाई मन्त्री पदमा शपथग्रहण गराए। तीन जनाले नै बिना विभागीय मन्त्रीका रूपमा शपथग्रहण गरेका छन्।
मन्त्रीको शपथग्रहण गर्नेमा एमालेका तिलकुमार मेन्याङ्बो, राप्रपाका भक्तिप्रसाद सिटौला र जसपाका निर्मला लिम्बू छन्। प्रदेशको मुख्यमन्त्री पदमा आलोपालोको लिखित सहमति नभएसम्म सरकारमा नजाने भन्दै माओवादी केन्द्र सरकारबाहिरै बसेको छ।

