जसपा मधेश प्रदेश संसदीय दलको नेतामा यादव सर्वसम्मत
जनकपुरधाम । जनता समाजवादी पार्टी जसपा संसदीय दलको नेतामा सरोज कुमार यादव सर्वसम्मत चयन भएका छन् ।

सहमति नजुटेपछि निर्वाचन तालिका अनुसार मुख्यमन्त्री लालबाबु राउत र साँसद सरोज कुमार यादव दलका नेताका लागि उम्मेदवारी दर्ता गराएका थिए । तर मनोनयनपछि पुनः बसेको बैठकमा राउतले यादवलाई समर्थन गरेसँगै सर्वसम्मती दलका नेता बनेका छन् ।
बारा क्षेत्र नम्वर १ (२) बाट निर्वाचित उनी निवर्तमान सभामुख हुन् । उनी ०७४ मा तत्कालिन राष्ट्रिय जनता पार्टी राजपाबाट निर्वाचित भएका थिए । तर पार्टी एकतापछि पुनः महन्थ ठाकुर अलगिए पनि यादव जसपामै बसेका थिए ।
दलका नेता बनेसँगै उनी नै मधेशको मुख्यमन्त्री बन्ने पनि निश्चित भएको छ । सत्तारुढ दलहरुले पहिलो आधा कार्यकाल २ वर्ष ६ महिना जसपालाई मधेशको नेतृत्व दिने सहमति गरिसकेको छ ।

