संघीय संसद प्रतिनिधिसभामा ६ दलले रोजे प्रतिपक्षी बेन्च



काठमाडौं । संघीय संसद प्रतिनिधिसभामा संसदमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस सहित ६ दल र तीन स्वतन्त्र सांसद प्रतिपक्षी बेञ्चमा बस्ने भएका छन्।

संसदीय व्यवस्थापनका लागि संघीय संसद सचिवालयले सोधेको प्रश्नमा प्रमुख प्रतिपक्षी कांग्रेससहित अन्य ५ दलले प्रतिपक्षी बेञ्च रोजेको संसद सचिबालयका सहायक प्रबक्ता दशरथ धमलाले जानकारी दिए।उनका अनुसार नेपाली कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चा पार्टी र नेपाल मजदुर किसान पार्टीसहित तीनजना स्वतन्त्र सांसदले प्रतिपक्षमा नाम लेखाएका छन।

यी दलमध्ये नागरिक उन्मुक्ति पार्टीले यसअघि प्रधानमन्त्रीलाई समर्थन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्