कार्की प्रदेश एकको मुख्यमन्त्री नियुक्त,भोलि २ बजे सपथ



बिराटनगर।प्रदेश १ को मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की आइतबार नियुक्त भएका छन् । ६० जना प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीका लागि दावी पेश गरेका कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री नियुक्त गरेका हुन्।कार्कीले सोमबार दिउँसो २ बजे शपथ ग्रहण गर्ने बताइएको छ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गरेका कार्कीले ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि दावी पेस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्