नागरिकता विवादमा गृहमन्त्री लामिछानेलाई राहत
काठमाडौं।उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछानेलाई नागरिकता र पासपोर्ट विवादमा तत्कालका लागि राहत मिलेको छ।सर्वोच्च अदालतको संवैधानिक इजलासले गृहमन्त्री लामिछानेको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेसंगै उनलाई तत्कालका लागि राहत मिलेको हो।

लामिछानेले अमेरिकी स्थायी परिचयपत्र लिएर पछि त्याग गरेको तर नेपाली नागरिकता लिने प्रक्रिया नै पूरा नगरेकाले उनी सांसद र मन्त्रीको रुपमा काम गर्न नपाउने भन्दै दायर रिटमा सुनुवाइ गर्दैकामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशकुमार राउतको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। तर, मुद्दालाई अग्राधिकार दिएर सुनुवाइ गर्ने भनिएको छ।

