ग्लोबल आईएमई बैंकले अत्याधुनिक कर्पोरेट कार्यालय भवन निर्माण गर्ने



काठमाडौं।ग्लोबल आईएमई ब्यांक लिमिटेडले काठमाडौंको लाजिम्पाटमा अत्याधुनिक नयाँ कर्पोरेट कार्यालय भवन निर्माण गर्ने भएको छ।

ब्यांकले भवनको आर्किटेक्चुएल, मेकानिकल, विद्युतीय इन्जिनीयरिङ लगायत डिजाइजका लागि डिल्लीबजारस्थित आर्किप्लान एसबीटी प्रालिसँग सम्झौता गरेको छ। सम्झौतामा ब्यांकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आर्किप्लानका प्रमुख आर्किटेक्ट सञ्जयबहादुर थापाले हस्ताक्षर गरेका छन्।

ग्लोबल आईएमईको ७६ जिल्लामा २८८ शाखा, २६० एटीएम, २७५ शाखा रहित ब्यांकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्वा संकलन काउन्टर तथा तीना वटा वैदेशिक प्रतिनिधि कार्यालय छन्।

प्रतिक्रिया दिनुहोस्