फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य,आज १२ बजेबाट लागु हुने



काठमाडौं।नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।

भारतीय आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूची अनुसार निगमले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ५–५ रुपैयाँका दरले मूल्य बढाएको छ ।

नयाँ मूल्य अनुसार उपत्यकामा अब पेट्रोल प्रतिलिटर १५० रुपैयाँ तथा डिजेल र मट्टितेल १३३ रुपैयाँ पर्नेछ ।
निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ मूल्य बढाएको छ । अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १ सय डलरले बढेको छ ।

निगमका अनुसार ५–५ रूपैयाँ मूल्य बढे पनि पेट्रोलमा अझै ११ रूपैयाँ २८ पैसा घाटा छ । यस्तै, डिजेलमा ११ रूपैयाँ ७८ पैसा घाटा र मट्टीतेलमा १९ रूपैयाँ ५१ पैसा फाइदा छ। ।

प्रतिक्रिया दिनुहोस्