सर्लाहीको बिष्णुपुरमा स्यालले टोकेर १५ जना घाइते




सर्लाही। सर्लाहीको दक्षिण पश्चिम भेगमा पर्ने विष्णु गाउँपालिकामा मंगलवार बिहान स्यालले टोक्दा १५ जना घाइते भएका छन् ।

वडा नं. २ र ४ गरी १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित सूचना अधिकृत कृष्ण गिरीले जानकारी दिए । घाइते १५ जना मध्ये जिल्ला अस्पताल मलंगवामा १२ जनालाई रेविज खोप विरुद्ध लगाइएको छ ।

घाइतेहरु १५ जना मध्ये ६ जनालाई शरिरको विभिन्न भागमा टोकेको हुदाँ इमिनोग्लोबिनको लागि काठमाडौं पठाइएको जिल्ला अस्पतालका मेसु डा. नवलकिशोर झा जानकारी दिए। ।(सांकेतिक तस्बिर)

प्रतिक्रिया दिनुहोस्