ब्यबसायी अग्रवाल पक्राउ

काठमाडौं । पुस २२ मा परिवारसहित फरार भएर माघ २७ गते काठमाडौं फर्किएका ब्यबसायी अमित अग्रबाल पक्राउ परेका छन्।

काठमाडौंको कान्तिपथ र दरबारमार्गमा मदिरा बिक्री–वितरण गर्दै आएका अग्रवाल ग्रीन लाईनका सन्चालक हुन्।बैंकिङ कसुरको आरोपमा शनिबार पक्राउ परेका उनलाई अनुसन्धानका लागि म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
चेक बाउन्सको उजुरीपछि अग्रवाललाई पक्राउ गरी अनुसन्धानका लागि म्याद थप भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले बताए ।अग्रवालले दिएको डेढ करोड र ५० लाख रुपैयाँको चेक बाउन्स भएको आरोप छ ।अग्रवालले लिएको ऋण तिर्न नसकेपछि बैंकहरूले ग्रीन लाइन पसल ‘सिल’ गरेका छन् ।
उनी चार वटा बैंकको ऋण डुबाएर भागेका थिए । तर, केही समयपछि फर्केर पत्रकार सम्मेलन गर्दै आफ्नो सम्पत्तिबाट बैंकको ऋण तिर्ने बताएका थिए ।

