प्रजिअ खनालको अगुवाइमा बजार सरसफाई सम्पन्न

सोलुखुम्बु ।राष्ट्रिय प्रजातन्त्र दिवसकाे उपलक्ष्यमा जिल्ला प्रशासन कार्यालय साेलुखुम्बुकाे आयाेजनामा साेलुखुम्बु जिल्लाकाे सदरमुकाम सल्लेरी बजार सरसफाई गरिएकाे छ ।

प्रमुख जिल्ला अधिकारी अनिल खनाल,नेपाल प्रहरीका प्रहरी नायब उपरिक्षक कबित कट्टवाल सशस्त्र प्रहरीकाे प्रहरी नायब उपरिक्षक दिनेश शर्माकाे उपस्थितिमा नेपाल प्रहरी , सशस्त्र प्रहरी ट्राफिक प्रहरी नगर प्रहरी निजामित कर्मचारी र संचारकर्मीकाे सहभागितामा सदरमुकाम सल्लेरी, नयाँ बजार र दाेर्पु बजार सरसफाई गरिएकाे थियाे ।

