नक्कली नेपाली नोटसहित चार जना पक्राउ



काठमाडौं। १ हजार दरका दुई लाख चौरानब्बे हजार रुपैयाँ नक्क्ली नोटसहित महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको नयाँ बजारबाट ४ जनालाई पक्राउ गरेको छ।

केही ब्यक्तिहरुले नेपाली नक्कली नोटको अबैध कारोबार गरिरहेको गोप्य सूचनाको आधारमा नयाँ बजारस्थित मेडिकल चोक एरियामा
खटिएको प्रहरी टोलिले बुधबार उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रौतहट घर भइ नयाँ बजार बस्ने पृथ्वी प्रसाद साह, मोहम्मद मुसरफ अली, असरफ अली सहिद र महमद शम्साद आलम रहेका महाशाखाका सूचना अधिकारी कृष्ण प्रसाद कोइरालाले जानकारी दिए ।
यसबारे अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्