नेचासल्यानका झनकलालको उपचारमा आर्थिक समस्या, ५७ हजार आर्थिक सहयोग हस्तान्तरण




काठमाडौं।नेचासल्यान गाउंपालिका-२ निबासी निवासी झनकलाल निराैला(शम्भु) काे उपचारका लागि ५७ हजार ३ सय २५ रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ।

ब्लड इन्फेक्सन र निमोनियाका गम्भीर बिरामी निरौलाको उपचारमा आर्थिक समस्या उत्पन्न भएपछि स्थानीय युवाहरुले आर्थिक संकलन गरि सो सहयोग शनिबार हस्तान्तरण गरिएको हो। द्रोण बास्ताेला, निराजन शर्मा र बाबुराम आचार्यकाे अगुवाइमा संकलित सो रकम विरामीका छाेरा लेखनाथ निराैलालाई काठमाडौंको मिनभवनस्थित सिभिल हस्पिटलमा हस्तान्तरण गरिएको आचार्यले जानकारी दिए।उनका अनुसार यही माघ ७ गतेदेखि सोही अस्पतालमा उपचाररत निरौलाको स्वास्थ्यमा खासै सुधार आएको छैन।अझै लामो समयसम्म उपचारका लागि अस्पतालमै रहनुपर्ने भएपछि उत्पन्न आर्थिक अभावको परिपूर्तिका लागि सो सहयोग गरिएको आचार्यले बताए।

पारिवारिक आर्थिक अवस्था कमजोर भएका निरौलाको उपचारका लागि आर्थिक सहयोगको जरुरत अझै रहेको स्थानीय युवा द्रोण बास्तोलाको भनाई छ।यसका लागि आफुहरुकातर्फबाट पनि सहयोग संकलन जारी रहने उल्लेख गर्दै बास्तोलाले बिरामीका छोरा लेखनाथलाई ९८४३५२२१३७ मा सम्पर्क गरेर पनि सहयोग गर्न सकिने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्