नेचासल्यान : थुलुङ राई (सामा)ले लोप हुन लागेको संस्कृतिको अभिलेख तयार गर्ने



सोलुखुम्बु ।थुलुङ (राई) सामा प्रारम्भिक समिति नेचासल्यान गाउँपालिका वडा नं।(४ ले सोमबार एक कार्यक्रम आयोजना गरि थुलुङ राई समुदायको बृहत्तर हित र बिकासमा आर्थिक नैतिक तथा भौतिक सहयोग गर्नुहुने सबै सहयोगी मनहरुलाई धन्यवाद दिएको छ । आगामी दिनहरूमा पनि सहयोगको अपेक्षा राख्दै समृद्धि र बिकासका लागि नयाँ नयाँ सम्भावनाहरुको खोजी गर्न, लोप हुने अवस्थामा पुगेका संस्कृतिहरुको अभिलेख तयार गर्न तथा प्रस्तावित कामहरुका लागि सहयोग जुटाउन निकट भविष्यमै त्यो सम्बन्धि चासो र चिन्ता लिनुहुने विज्ञ र अनुभवि महानुभावहरु समेटेर समन्वय समितिहरु बनाउने पनि निर्णय गरेको छ ।

पछिल्लो चरणमा नेचासल्यान गाउँपालिकाको आर्थिक सहयोगमा किराँती समुदायहरुमा प्रचलित सिलि प्रशिक्षण कार्यक्रम एक हप्तासम्म सञ्चालन भएको थियो । यस कार्यक्रमबाट कम्तिमा पनि ३० जना प्रशिक्षार्थीहरुले सिलि सिक्न सफल भएको कुरा प्रारम्भिक समितिका सचिव युजन थुलुङ बताउनुहुन्छ ।
सिलि प्रशिक्षणका लागि प्रशिक्षकको रुपमा छविलाल थुलुङ् राई, मुगाधन थुलुङ राई, गौधन थुलुङ राई, रामकुमारी थुलुङ राई र माइतिलच्छी थुलुङ राईलाई तोकिएको र उहाँहरुले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको कुरा समितिका उपाध्यक्ष बुधराज थुलुङ राईले जानकारी गराउनुभयो ।त्यसै गरि ७ दिनसम्म सौहार्दपूर्ण वातावरणमा कार्यक्रम सम्पन्न भएको कुरा कार्यक्रम सह प्रस्तोता धनवीर थुलुङ राईले हामीलाई जानकारी गराउनुभयो भने प्रशिक्षकलाई सामान्य पारिश्रमिक र सम्मान पत्र र प्रशिक्षार्थी महानुभावहरुलाई प्रमाण पत्र प्रदान गरिएको कुरा समितिका कोषाध्यक्ष पुष्पा थुलुङ राई बताउनुहुन्छ ।

उक्त कार्यक्रम भइरहदा नेचासल्यान -४ फुर्के निवासी हाल युकेमा रहनुभएका श्री प्रश्नबहादुर थुलुङ राईबाट रू १७,०००/र- बराबरको ग्रो (झ्याम्टा) र ढेला ९ढोल० साथै नेचासल्यान-४ डाँडागाउँ निवासी श्रीमती शोभा थुलुङ राईबाट १०,०००/-र बराबरको ग्रो (झ्याम्टा) प्राप्त भएको कुरा संस्थाका अध्यक्ष तेजबहादुर थुलुङ राई बताउनुहुन्छ ।
त्यसै गरि स्थायी घर नेचासल्यान -४ सिरानदेल भई हाल युके निवासी दम्पतीद्वय तेजबहादुर थुलुङ राई ९ज्ञानु० तथा चन्द्रकुमारी थुलुङ राईको तर्फबाट संस्थाको सहयोगका लागि रु। ५०,०००/-र (पचास हजार) आर्थिक सहयोग प्राप्त भएको छ ।

संस्थालाई सहयोग गर्ने वुवा आमाको धेरै अघिदेखि नै इच्छा भएको तर समय अभाव र बसाइ टाढा रहेकोले सहयोग गर्न नसकिएको कुरा उहाँहरुका छोरा डेनिस थुलुङ राईले बताउनु भयो । उक्त आर्थिक सहयोग उहाँहरुको तर्फबाट छोरा डेनिस थुलुङ राई मार्फत हस्तान्तरण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्