स्रोत खुल्न नसकेको ६ लाख बढी रकमसहित उपसचिव तामाङ पक्राउ
मोरङ,८ साउन । राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति, मोरङका कार्यालय प्रमुख मिक्मार तामाङलाई प्रहरीले नगद रकमसहित विराटनगर विमानस्थलबाट नियन्त्रणमा लिएको छ।

नेपाल सरकारका उपसचिवसमेत रहेका तामाङको साथबाट स्रोत खुल्न नसकेको ६ लाख ६५ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
गत ३ साउनमा बुद्ध एयरको उडानमार्फत विराटनगरबाट काठमाडौं प्रस्थान गर्ने क्रममा विमानस्थल सुरक्षामा खटिएको प्रहरीले उनलाई रोकेको थियो। प्रहरीले उक्त घटनाको जानकारी शुक्रबार सार्वजनिक गरेको हो।

