नेचासल्यान : गाउँपालिकाद्वारा १० वटा विद्यालयलाई स्मार्ट टीभी र २१ विद्यालयलाई कम्प्युटर प्रदान



सोलुखुम्बु ।जिल्लाको नेचासल्यान गाउँपालिकाले पालिकाभित्र रहेका विद्यालयहरुलाई स्मार्ट टीभी, कम्प्युटर र प्रीन्टर उपलब्ध गराएको छ।

विद्यालयहरुलाई प्रबिधिमैत्री बनाउनु पर्ने कुरामा जोड दिंदै आएको सो गाउँपालिकाले बिहिवार पालिकाभित्रका ६ वटा माध्यमिक र २५ वटा आधारभूत विद्यालयलाई ती सामाग्री उपलब्ध गराएको हो।गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले आज आयोजित एक कार्यक्रममा सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरुलाई टीभी,कम्प्युटर र प्रीन्टर उपलब्ध गराएको नेचासल्यान गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले जनाए अनुसार हिमादर्शन,केदार,गणेशस्थान,महेन्द्रोदय र भूमेश्वरी माबिका साथै सरस्वती पूर्णरत्न,जलेश्वरी,कालिका तथा भूमेस्थान आधारभूत विद्यालयलाई स्मार्ट टेलिभिजन दिइएको छ भने अन्य २१ वटा विद्यालयले कम्प्युटर र प्रीन्टर प्राप्त गरेका छन् ।

कम्प्युटर प्राप्त गर्ने बिद्यालयहरुमा सुर्योदय,सिंहदेबी,सगरमाथा,जन्मज्योती,जालपा,चन्द्रज्योती,सहिद रामलक्ष्मण,बिषणुछांया,बौद्धस्थानी,तिनकन्या,हिमज्योती,आदर्शमिलन,कुन्तादेबी,जनजागृती,भगवती,सरस्वती,बालकन्या,सहिद स्मृति,बालज्योती, रुगास्थानी आधारभूत विद्यालय र सिंहदेवी बालबिकास केन्द्र रहेका छन् ।बांकी ३ वटा विद्यालयलाई पछि प्रदान गर्ने कार्यक्रम रहेको अध्यक्ष बास्तोलाले जानकारी दिए।टीभी तथा कम्प्युटर प्रदान गरिएका सबै विद्यालयहरुमा गाउँपालिकाले यस अघि नै कम्प्युटर जडान गरिदिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्