यी हुन एक महिलालाई गोंगबुमा बलात्कार गरेको आरोपमा पक्राउ परेका नौ जना
काठमाडौं।गोगंबु मित्रनगरस्थित बसपार्कमा महिलामाथि सामूहिक बलात्कार गरेको आरोप लागेका ९ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

प्रहरीले मंगलबार राति सात जना र बुधबार दुई जनालाई पक्राउ गरेको थियो। पक्राउ परेका आरोपीहरूलाई प्रहरीले बुधबार साँझ सार्वजनिक गरेको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नम्बर १० झाकोटका २३ वर्षीय हिक्मत नेपाली, २२ वर्षीय रतन नेपाली, १९ वर्षीय दीपक नेपाली, २३ वर्षीय शिवहरि बुढा, २४ वर्षीय युवराज बडुवाल, २५ वर्षीय हस्त नेपाली, छायानाथ रारा नगरपालिका वडा नम्बर ६ का २१ वर्षीय सुरेश सेजुवाल, छायानाथ राजा नगरपालिका(११ का २४ वर्षीय चन्द्र साउद र कपिलवस्तु बुद्धभूमिका गोपालकुमार शिरीष रहेका छन्।
परिसर प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार उनीहरू सबै वैदेशिक रोजगारी जाने तयारीमा थिए।


