सोलुमा राप्रपाले संगठन बिस्तारको अभियान चलाउने
सोलुखुम्बु ।जिल्लादेखि केन्द्रसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन सम्पन्न भएर नेतृत्व स्थापित भएसंगै सो पार्टीमा प्रवेश गर्ने क्रम सुरुभएको छ।

महाधिवेशन अघि सम्पन्न जिल्ला अधिबेशनबाट सोलुखुम्बु अध्यक्षमा राजेन्द्र बस्नेत चयन भएसंगै जिल्लामा सो पार्टी बिस्तारै लयमा फर्कन थालेको छ।यसअघि जिल्लामा समाप्त प्रायः भएको राप्रपाले अब गति लिने बस्नेतको दावी छ।कमजोर अवस्थामा पुगेको पार्टी लाई फेरि अगाडि बढाउने उद्देश्यले पार्टीको नेतृत्व समालेका युवा नेता राजेन्द्र बस्नेतले बिगतमा भएका कमिकमजोरीहरु लाई सच्याउँदै अगाडि बढ्ने स्पष्ट पारे ।
हामिले हिंजो बिश्वास गरेका धेरै नेता कार्यकर्ताहरुले पार्टीलाई अप्ठ्यारो मोडमा छोडेर आफ्ना स्वार्थमा मात्र केन्द्रित भए बस्नेतले भने,(सोलुखुम्बुमा राप्रपाको अस्तित्व नै संकट उन्मुख भएपनि त्यसलाई बचाएर लैजाने दायित्व अब हामीमा आएको छ।
बिगतमा पार्टीमा आएको फुट राप्रपा कमजोर हुनुको अर्को महत्वपूर्ण कारण भएको उनको भनाइ छ। अझै पनि राप्रपालाई माया र बिश्वास गर्नेहरुको संख्या ठूलो भएकाले सबैलाई सङ्गगठित गर्न कठिनाइ नहुने उनको दावी छ।आफू नेतृत्वमा आएको ३ (४ महिनामै प्रदेश र केन्द्रको महाधिवेशनमा जिल्लाको सहभागिता गराएको जिल्ला बताउंदै उनले जिल्ला कार्यालयसंगै ८ वटा स्थानीय तहमध्ये ५ वटामा कार्यालय व्यवस्थापनको काम सकिएको जानकारी दिए।
पछिल्लो समय एमाले ,काङ्ग्रेस र जसपा बाट युवाहरु लाई पार्टी प्रवेश गराउन सफल भएकोले अब राप्रपा लाई अगाडि बढनबाट कसैले रोक्न नसक्ने अध्यक्ष बस्नेतको भनाइ छ । अग्रजहरुलाई सम्मान र युवाहरूलाई प्रोत्साहन अबको अभियान हुने उनले स्पष्ट पारे । जसपाबाट नेले निवासी प्रदेश सदस्य नर बहादुर बस्नेत , चोलामाया बस्नेत र भिम बहादुर कार्की , एमालेबाट नेचा सल्यान ३ कि महिला टोल कमिटी अध्यक्ष इन्द्र कुमारी कटेल भट्टराई र नेपाली काङ्ग्रेस जिल्ला प्रचार कमिटी सदस्य देबिध्वज खडका र नरध्वज खडका राप्रपा प्रवेश गरि सकेका छन । यस्ले युवाहरु राप्रपा प्रति आकर्षित भएको पुष्टि गरेको बस्नेतले बताए ।
अध्यक्ष बस्नेतले जिल्लामा अब संगठन बिस्तारको अभियान चलाउने बताउंदै विभिन्न कारणले राप्रपा भएपनि निष्क्रिय बसेका ,अन्त गएका सबैलाई पार्टीको मुलधारमा आउन र सकृय हुन समेत आग्रह गरेका छन ।

