धमाधम प्रारम्भिक कमिटी गठन गर्दै अनेरास्ववियु



सोलुखुम्बु।थुलुङ्दुधकोशी गाउँपालिका वडा न( ७ देउसा माध्यमिक विद्यालयमा बिशाल घिमिरेको अध्यक्षतामा २९ सदस्य अनेरास्ववियु प्रारम्भिक कमिटी गठन गरिएको छ ।

नेकपा एमाले जिल्ला कमिटी सदस्य गोपाल घिमिरे, अनेरास्ववियु जिल्ला संयोजक भुपेन्द्र राई र ङवाङ तेन्जी शेर्पाको उपस्थितिमा गठित कमिटीको उपाध्यक्षद्वयमाअर्पना राई
र सरिता तामाङ सचिवमा सरोज राई
सहसचिवद्वयमा सबिता घिमिरे र गजेन्द्र राई तथा कोषाध्यक्ष उर्मिला खत्री रहेको अनेरास्ववियुले जनाएको छ।

अनेरास्ववियु राष्ट्रिय परिषद सदस्य नुरु शेर्पाको उपस्थितिमा नन्द कुमारी कुलुङ्को अध्यक्षतामा १७ सदस्यीय अनेरास्ववियु छेस्काम मावि प्रारम्भिक कमिटी गठन भएको छ ।

यसैगरी, महाकुलुङको श्री गुदेल माबिमा शुक्र कुलुङ्को अध्यक्षतामा ६१ सदस्य प्रारम्भिक कमिटी गठन गरिएको अनेरास्ववियु जिल्ला सम्मेलन आयोजक समिति प्रचार बिभाग प्रमुख मिलन नाछिरिङले जानकारी दिए।

कमिटीको उपाध्यक्षद्वयमा महेश कुलुङ र भुवन कुलुङ,सचिबमा सम्झौता कुलुङ,सह(सचिवद्वयमा बिबिशिखा कुलुङ र बियोग कुलुङ तथा कोषाध्यक्षमा बिमिका कुलुङ रहेका छन् ।कमिटी अन्तर्गत गठित सांस्कृतिक बिभाग संयोजकमा रानी कुलुङ, सह(संयोजकमा छिरिङ कुलुङ ,खेलकुद बिभाग संयोजकमा उमेश कुलुङ र सह(संयोजक( सन्जिता कुलुङ रहेको उनले बताए।

त्यस्तै ,पिके माध्यमिक विद्यालय सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानीमा सन्देश मगरको अध्यक्षतामा २७ सदस्य प्रारम्भिक कमिटी गठन गरिएको छ।

कमिटीको उपाध्यक्षमा प्रितम मगर र डोल्मा शेर्पा सचिवमा विश्मिता मगर
सहसचिवमा ङिमा नुरु शेर्पा र मिङमार तामाङ तथा कोषाध्यक्षमा मनिका मगर छन् । कमिटी अन्तर्गत गठित सांस्कृतिक संयोजकमा सुजता घतानी ,खेल संयोजकमा नविन मगर र शैक्षिक विभाग प्रमुखमा अनिता मगररहेको नाछिरिङले बताए ।

प्रतिक्रिया दिनुहोस्