गहुँको बीउ बितरणको बिषयमा बिबाद हुंदा अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट,अध्यक्षको दांत झर्यो
जनकपुरधाम। सप्तरीमा गहुँको बीउ बितरणको बिषयमा जनप्रतिधिबीच कुटाकुट अध्यक्षको दांत भांचिएको छ।

जिल्लाको छिन्नमस्ता गाउँपालिकामा गाउँपालिका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कार्यपालिका बैठकमा कुटाकुट भएको हो। गाउँपालिका उपाध्यक्ष मण्डलले गहुँ बिउ वितरणका विषयलाई लिएर विवाद भएको बताएकि छन् ।
उनले भनिन्, ‘बैठकमा सबै वडामा कसरी वितरण गर्ने त्यस सम्बन्धमा छलफल चलिरहेको थियो । मैले वडाध्यक्षहरुलाई भने( सबै वडामा दिँदा हुन्छ । कुनै वडामा तीनरतीनवटाको दिन्छौँ, यो राम्रो भएन।’
उनले अगाडि भनिन्, ‘प्रशासन अथवा जसलाई राख्न परे पनि सबै कर्मचारी राखेर वितरण गर्नुपर्छ भनेर मैले भनेको थिएँ। त्यति बेला नै अध्यक्षज्यू कुर्सीबाट उठेर मेरो नजिक आएर भन्नुभयो( तिमी जे भन्छौ त्यो हुन्छरु तिमी भनेको केही हुँदैन।’
प्रशासन राखेर सबै वडालाई बराबर दिनुपर्ने आफ्नो प्रस्ताव अटेरी गर्दै अध्यक्षले गाली गर्दै हात समातेपछि समस्या उत्पन्न भएको उपाध्यक्ष मण्डलले बताईन। त्यसो गर्दा आफ्नो चुरा समेत टुटेको उनको दावी छ।
उनले भनिन्, ‘मैले कुर्सी उठाएँ, त्यसपछि के भयो मलाई थाहा भएन। अब कार्यपालिका सदस्यज्यूहरु नै भन्नु हुन्छ, उहाँको दाँत भाँच्यो कि के भयो भनेर ।’
यस सम्बन्धमा गाउँपालिका अध्यक्षसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन्। छिन्नमस्ता गाउँपालिकामा पछिल्लो दुई वर्ष देखि गाउँसभा हुन सकेको छैन् ।(सांकेतिक तस्बिर)

