सोलुदुधकुण्ड नगरपालिका : श्री जनप्रीय र बालेश्वर माबिमा अनेरास्ववियुको प्रारम्भिक कमिटी



सोलुखुम्बु ।सोलु दुधकुण्ड नगरपालिका वडा नं।१० टाप्टिङस्थिति श्री जनप्रीय माध्यमिक विद्यालयमा अनेरास्ववियुले राकेश मगरको अध्यक्षतामा प्रारम्भिक कमिटी गठन गरेको छ।

जिल्ला सम्मेलन आयोजक कमिटी सदस्य ङवाङ तेन्जी शेर्पा र नरेन्द्र कुलुङको उपस्थितिमा मंगलबार गठित ६३ सस्यीय सो कमिटीको

उपाध्यक्षद्वयमा पासाङ पुटि तामाङ
र उर्मिला श्रेष्ठ सचिवमा मिङमार शेर्पा ,सहसचिवमा माया शेर्पा र सुभास तामाङ तथा
कोषाध्यक्षमा सोनाम शेर्पा रहेको अनेरास्ववियु जिल्ला सचिवालय सदस्य एबम् प्रचार बिभाग प्रमुख मिलन नाछिरिङले जानकारी दिए।

कमिटी अन्तर्गत गठित शैक्षिक बिभागमा सुचन मगर ,खेलकुद बिभागमा भाइ फुरि शेर्पा रसुदिप श्रेष्ठ र संस्कृतिक बिभाग प्रमुखमा अस्मिता बिक रहेको उनले बताए ।

नाछिरिङका अनुसार सोमबार सोही नगरपालिकाको बालेश्वर माध्यमिक विद्यालयमा अस्मिता मगरको अध्यक्षतामा ३७ सदस्य अनेरास्ववियु प्रारम्भिक कमिटी गठन भएको थियो।कमिटीको उपाध्यक्षमा अर्जुन मगर र सुमि शेर्पा,सचिवमा गणेश श्रेष्ठ सहसचिवद्वयमा कृष्ण खड्का र दिनेश खड्का तथा
कोषाध्यक्षमा अनुका मगर रहेका छन् ।

त्यसैगरि खेलकुद बिभाग रमित तामाङ शैक्षिक बिभाग प्रमुखमा युवराज घिमिरे र संस्कृतिक बिभाग डोल्मा शेर्पा रहेको जानकारी उनले दिए।

प्रतिक्रिया दिनुहोस्