गार्मा माबिमा अनेरास्ववियुको कमिटी

सोलुखुम्बु ।अनेरास्ववियुले सोलुदुधकुण्ड नगरपालिकास्थित गार्मा माध्यामिक विद्यालयमा गीता राईको अध्यक्षतमा २९ सदस्य अनेरास्ववियु प्रारम्भिक कमिटी गठन गरेको छ।

नवगठित कमिटीको उपाध्यक्षमा सपना राई र निलिमा राई ,सचिवमा आनन्द राइ सहसचिवद्वयमा हिराकाजी भुजेल र हिमाल प्रधान तथा कोषाध्यक्षमा रश्मि राई रहेको अनेरास्ववियु जिल्ला सचिवालय सदस्य एबम प्रचार बिभाग प्रमुख मिलन नाछिरिङले जानकारी दिए।
उनका अनुसार कमिटी अन्तर्गत शैक्षिक बिभाग प्रमुखमा साजन राई
खेलकुद बिभाग प्रमुखमा निमा दावा तामाङ र संस्कृतिक बिभाग प्रमुखमा निशा भुजेललाई चयन गरिएको छ।

