नेपाल निजामती कर्मचारी युनियन सोलुखुम्बुको चौथो जिल्ला अधिबेशन सम्पन्न
सोलुखुम्बु ।नेपाल निजामती कर्मचारी युनियन सोलुखुम्बुको चौथो जिल्ला अधिबेशन सम्पन्न भएको छ।

शनिबार सम्पन्न अधिबेशनले युनियन को नयाँ जिल्ला नेतृत्व, केन्द्रीय प्रतिनिधि र सल्लाहकार समिति चयन गरेको बताईएको छ।अधिबेशनले कर्मचारी युनियन सोलुखुम्बुको अध्यक्षमा दिनेशकुमार राई, उपाध्यक्ष खुलामा केशव ढुंगाना,महिला उपाध्यक्षमा गायत्रा शर्मा र समाबेशी उपाध्यक्षमा थिरबहादुर श्रेष्ठलाई निर्बाचित गरेको छ।
यसैगरी सचिबमा भिष्मराज जोशी,सहसचिव जीवन पाण्डे ,कोषाध्यक्ष नारायण गोपाल ढकाल र खुल्ला सदस्यहरुमा टेकबहादुर बस्नेत,तेजबहादुर कटुवाल,भिमबहादुर बस्नेत,भलिशोभा राई,महिला सदस्य मा पासाङल्हामु तामाङ,सरस्वती कार्की र श्रेणी बिहिन सदस्यमा भिम राई रहेका छन् ।
यसैगरी केन्द्रीय प्रतिनिधिमा खेचरबाबु बास्तोला,अमृता कार्की ,शान्तराज राई र सल्लाहकार समितिको संयोजकमा ध्रुबधन राई र सदस्यहरुमा चेतनाथ कटेल,नेत्र घिमिरे र प्रशान्त कुमार महतो रहेको युनियनले जनाएको छ।

