बखपलम माबि सोताङ र हिमालय माबि माप्यमा अनेरास्ववियुको कमिटी
सोलुखुम्बु ।अनेरास्ववियुले जिल्लाको बखपलम माध्यमिक विद्यालय र माप्यदुधकोशीको हिमालय माबि हाकुलामा प्रारम्भिक कमिटी गठन गरेको छ।

जिल्ला कमिटी सोलुखुम्बुको ११ औं जिल्ला सम्मेलनलाई मध्यनजर गर्दै बखपलम माबि सोताङमा मन कुमारी राईको अध्यक्षतामा ५१ सदस्यीय र हिमालय माबिमा सोनी शेर्पाको अध्यक्षतामा ५४ सदस्यीय प्रारम्भिक कमिटी गठन गरिएको अनेरास्ववियु जिल्ला कमिटी सचिवालय सदस्य एबम् प्रचार बिभाग प्रमुख मिलन नाछिरिङले जानकारी दिए।
नाछिरिङका अनुसार बखपलम माबिको प्रारम्भिक कमिटीको उपाध्यक्षमा बुद्धिराज राई र धनु राई
सचिबमा देबिका बस्नेत, सह(सचिवमा रमेश बस्नेत र ज्योति राई तथा कोषाध्यक्षमा प्रबिन बस्नेत छन्।यस्तै सांस्कृतिक बिभाग संयोजकमा पुर्णिमा राई र सह(संयोजकमा कन्चन बि।क तथा खेलकुद संयोजकमा उपेन्द्र तामाङ र सह(संयोजकमा दिपेन्द्र कुलुङ रहेको उनले बताए।)
यसैबीच, माप्य दुधकोशी गाउंपालिका वडा नं ३ हिमालय माबि खास्तापमा अरुण बिकको अध्यक्षतामा११० सदस्यीय र अनेरास्ववियु जिल्ला कमिटी सोलुखुम्बुको ११ औं सम्मेलन लाई मध्यनजर गर्दै माप्य दुधकोशीकै वडा नं ४ काँकु माबिमा सरोज राईको अध्यक्षतामा ७२ सदस्यीय प्रारम्भिक कमिटी गरिएको पनि नाछिरिङले जानकारी दिए।

