जनजागृती माबि सल्लेरीमा अनेरास्ववियुको प्रारम्भिक कमिटी गठन



सोलुखुम्बु।अनेरास्ववियुले जिल्ला सदरमुकाम सल्लेरीस्थित जन जगृती माविमा मिङमार याङ्जी शेर्पाको अध्यक्षतामा ५३ सदस्य अनेरास्ववियु प्रारम्भिक कमिटी गठन गरेको छ ।

 जिल्ला सचिवालय सदस्य मनिष नाछिरिङ, ङवाङ तेन्जी शेर्पा,रस्मिता कार्की ,नरेन्द्र कुलुङ र श्री प्रसाद राईको उपस्थितिमा गठित सो कमिटीको उपाध्यक्षमाद्वयमा दिपेश मगर र शान्ति तामाङ,सचिवमा दाली शेर्पा
सह(सचिबद्वयमा राजन बिक र सुमित्रा भुजेल तथा कोषाध्यक्षमा फुर्वा ल्हमु शेर्पा रहेको अनेरास्ववियु जिल्ला सचिवालय सदस्य तथा प्रचार बिभाग प्रमुख मिलन नाछिरिङले जानकारी दिए।

नाछिरिङका अनुसार कक्षा ११ र १२ को सो कमिटी अन्तर्गत विभिन्न बिभाग समेत गठन गरिएको छ।जस अनुसार संगठन बिभाग संयोजकमा सन्जु माया तामाङ ,खेलकुद बिभाग संयोजकमा सोफिया बस्नेत
सास्कृतिक बिभाग संयोजकमा बिमला राई र शैक्षिक बिभाग संयोजकमा लक्ष्मी तामाङरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्