जमरकटेल सेवा प्रतिष्ठान नेपाल नेचा सल्यानकाे आठाैं साधारण सभा सम्पन्न



डिल्ली शर्मा
सोलुखुम्बु ।जमरकटेल सेवा प्रतिष्ठान नेपाल नेचा सल्यानको आठौं साधारण सभा सम्पन्न भएको छ।

नेचा सल्यान गाउँपालिकाका अध्यक्ष डुफकुमार बास्तोलाको प्रमुख आतिथ्यतामा सम्पन्न
साधारणसभामा प्रतिष्ठानका कोषाध्यक्ष डम्बर प्रसाद जमरकटेलले ५ लाख ५५ हजार २ सय ३० रुपैया ३५ पैसाको कुल आय(ब्यय विवरण प्रस्तुत गर्नु भएको छ।

साधारणसभामा प्रतिष्ठानका महासचिब देबेन्द्र जमरकटेलले संस्थाको प्रगति प्रतिबेदन तथा भावी कार्ययोजना प्रस्तुत गर्नु भएको सो कार्यक्रम संस्थाका अध्यक्ष कमल प्रसाद जमरकटेल सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिष्ठानको केन्द्रीय कार्यालय नेचा सल्यान(३ मा आयोजित सो साधारणसभामा जमरकटेल सेवा प्रतिष्ठानको पहलमा जमरकटेल सेवा प्रतिष्ठान नेपालको प्राङ्गणमा निर्माणाधीन शिव मन्दिरको हाल सम्मको आय(ब्यय समेत प्रस्तुत गरिएको थियो।

शिव मन्दिर निर्माण समितिका सचिब नबराज जमरकटेलले ३९ लाख ३८ हजार ४ सय ६४ रुपैयाँको खर्च बिबरण सार्बजनिक गरेका थिए। मन्दिर निर्माण जमरकटेल बन्धुहरुको ईच्छादानबाट सम्पन्न हुने जनाईएको छ। संस्थाको आयोजनामा शिव मन्दिर ब्यबस्थापन अक्षयकोष स्थापनार्थ यहि मंसिर १७ गतेबाट शिबपुराणको समेत आयोजना गर्न लागिएको जानकारी दिइएको थियो।

सम्मेलनमा नेचासल्यान वडा नं ५ का वडाध्यक्ष राजन राई, कालिका आविका प्रधानाध्यापक होम कटेल र समाजसेवी धनप्रसाद कटेलले आआफ्नो धारणा राख्नुभएको थियो।

 

प्रतिक्रिया दिनुहोस्