सोताङ : श्री सृजनशील युवा क्लबले प्राप्त गर्यो २ रोपनी जग्गा
सोलुखुम्बु।श्री सृजनशील युवा क्लबले भवन निर्माणका लागि १ रोपनी जग्गा निस्शुल्क प्रदान गर्ने सुर्यबहादुर राईलाई सम्मान गरेको छ।

शुभ दिपावलीका अवसरमा अवसरमा जग्गा खरिदको निम्ति आयोजित देउसी भैलो कार्यक्रमको समापन कार्यक्रममा संस्थाको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने राईलाई बुधबार सम्मानपत्रद्वारा सम्मानित गरिएको अध्यक्ष मिलन नाछिरिङले जानकारी दिए।
नाछिरिङका अनुसार कार्यक्रममा कलाकार, स्वयंसेवक लाई समेत प्रसंसा पत्र र पुरस्कारद्वारा सम्मान गरिएको थियो। देउसी भैलो कार्यक्रमबाट १ लाख ५६ हजार ७ सय ७० रुपैयाँ संकलन भएको बताउंदै उनले त्यसमा ५९ हजार २ सय ९५ खर्च भएको बताए ।बचत रहेको ९७ हजार ४ सय ७५ रुपैयाँ जग्गा खरिद र संस्थाकै आवश्यक कार्यमा खर्च गरिने उनको भनाइ छ।
नेतृत्व आफुले सम्हालेको लगभग ४ महिनाको अवधिमा १ रोपनी स(शुल्क र १ रोपनी निस्शुल्क गरी २ रोपनी जग्गाको जिल्ला मालपोत कार्यालयबाट रजिस्ट्रेसन पास गरी धनीपुर्जा क्लबका नाममा ल्याउन सफल भएको उनले बताए।
कार्यक्रममा संस्थापक सल्लाहकार संयोजक भिमराज राई प,सल्लाहकार सदस्य धनकुमार बिक, युवती राई, नेकपा एमाले सोताङ गा पा ५ नं। वडा अध्यक्ष छत्र बहादुर नाछिरिङ, क्लबका निवर्तमान अध्यक्ष मनिष नाछिरिङ, सह सचिब हिराकाजी नाछिरिङको विशेष उपस्थिति रहेको क्लबले जनाएको छ।

