बेपत्ता भएको हप्ता दिन बित्दा पनि भेटिएनन् कटेल



सोलुखुम्बु । गत साताबाट एकाएक हराएका मुक्ति कटेल अझै फेला नपरे को परिवारले जनाएको छ।

जिल्लाको नेचासल्यान गाउँपालिका वडा नं(३ घर भएका कटेल गत मंगलबार बिहानबाट बेपत्ता भएका थिए।सामान्य कपडा लगाएर घरबाट निस्किएका उनले बोक्दै आएको मोबाइल फोन पनि घरमै छोडेको परिवारको भनाई छ।

स्थानीयले तिनधुरे भन्दा सहजै पहिचान गर्ने ६० बर्षीय कटेलको हप्ता दिनसम्म खोजतलास गर्दा समेत कुनै सुराक फेला नपरेको स्थानीय समाजसेवी सरोज कटेलले जानकारी दिए।सम्भावित सबै स्थान र आफन्तहरुसंग बुझ्दा कतै फेला नपरेका कारण कसैले फेला पारेमा मोबाइल नं 9862274080, वा 9811765424मा जानकारी गराईदिन समेत उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्