वैदेशिक रोजगारवाट फर्कनेहरुलाई लुटपाट गर्ने दुइ जना पक्राउ



काठमाडौं। वैदेशिक रोजगारबाट फर्कनेहरुलाई लुटपाट गर्ने गिरोहका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

कतार, दुवई, मलेशिया लयायतका देशहरुमा वैदेशिक रोजगारको लागी गएकाहरु फर्कने क्रममा लुटेको गुनासो आईरहेका बेला महानगरीय परिसर काठमाडौ वृत्त गौशालाको विशेष टोलिले उनीहरूलाई सिनामंगलस्थित कार्गो गोदाम अगाडिबाट पक्राउ गरेको हो। लुटेराहरु कतारवाट स्वदेश फर्की ट्याक्सी चढी दाईको कोठामा जाने क्रममा सिनामंगल कार्गो गोदाम अगाडी दुई वटा मोटरसाइकलले ट्याक्सिको वाटो छेकी २ थान मोवाईल, ६०० कतार रियाल र २५ ग्रामको सुनको औठी थान १ लुटि फरार भएका थिए।

फरारहरुमध्ये २ जना लुटेरालाई सोमबार लुटेको मोवाईल थान १ र सो।सा सहित महानगरीय परिसर काठमाडौ वृत्त गौशालाको विशेष टोलिले नियन्त्रणमा लिएको हो।उनीहरूमाथी थप अनुसन्धान भैरहेको छ।

प्रतिक्रिया दिनुहोस्