सयौं कानुन ब्यबसायीहरु बार एशोसिएसनको आन्दोलनविरुद्ध अर्को आन्दोलन गर्ने तयारीमा



काठमाडौं।प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामाका लागि अल्टिमेटमसहित नेपाल बार एशोसिएसन कालो पट्टी बांधेर आन्दोलनमा उत्रिएका बेला बारको सो निर्णयबिरुद्द सयौं कानुन ब्यबसायी आन्दोलित हुने भएका छन् ।

कानुन ब्यबसायीहरुको हकहित र न्यायपालिकाको शुद्धीकरणका लागि महत्वपूर्ण भूमिका निर्बाह गर्नुपर्ने नेपाल बार स्वार्थ समूहहरुको उद्देश्य प्राप्तिको हतियार बनेको भन्दै सयौं युवा कानुन ब्यबसायीहरुले त्यसबिरुद्द आन्दोलन छेड्ने भएका हुन्।

आन्दोलनका लागि उनीहरूले कानुन ब्यबसायी हक हित तथा शुद्धीकरण अभियानको ब्यानरमा भोलि नेपाल बार एशोसिएसनको नेतृत्वलाई ज्ञापन पत्र बुझाउने भएका छन् ।
अभियानले समग्र कानुन ब्यबसायी एबम् बार इकाईहरुसंग परामर्श नगरी ट्रेड युनियनको शैलीमा गैर कानुनी ढंगले नेपाल बारले घोषणा गरेको आन्दोलनप्रति आफ्नो असहमति रहेको जनाएको छ।घोषित आन्दोलन फिर्ता लिन माग गर्दै अभियानले सोमबार ज्ञापनपत्र बुझाउन लागेको यसअभियन्ता अधिबक्ता हरि प्रसाद कटेलले रहस्यखबरलाई जानकारी दिए।

अभियानमा युवा कानुन ब्यबसयीहरु वसन्त बस्नेत, शिव अर्याल, हरि प्रसाद कटेल, मनिराज उपाध्याय, अप्सरा ढकाल,राधिका खतिवडा,कृष्ण घिमिरे भूषण लगायत छन् ।

अभियानमा संलग्न कानुन ब्यबसायीहरुले आईतवार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासंग भेटी गतिरोध अन्त्यका लागि पहल गर्न आग्रह गरेको कटेलले बताए ।

प्रतिक्रिया दिनुहोस्