नेचासल्यान : सिंहदेवी गूठीको नवौं साधारणसभा सम्पन्न

डिल्ली शर्मा
सोलुखुम्बु ।सिंहदेबी सेवा समाज नेचासल्यान-३ को नबौं साधारण सभा सम्पन्न भएको छ।

गुठिका अध्यक्ष उमाकान्त कटेलको सभापतित्व तथा गाउँपालिका उपाध्यक्ष कुमारीदेबी शर्माको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न साधारण सभामा गुठीको आय–व्यय विवरण प्रस्तुत गरिएको थियो । प्रस्तुत गरिएको विवरण अनुसार गुठीको आम्दानी ६ लाख ५८ हजार ४ सय ८ रहेको छ भने खर्चतर्फ १ लाख १२ हजार ४ सय ३५ रहेको छ । त्यस्तै लगानीतर्फ ५ लाख ४५ हजार ९ सय ७३ रहेको छ ।
। कार्यक्रममा टोल स्तरिय धार्मिक हाजिरिजवाफ प्रतियोगितासमेत संचालन गरिएको थियो।
९ समुहको सहभागिता रहेको प्रतियोगितामा प्रथम,द्वितीय तृतीय स्थान हासिल गर्ने सहभागिहरुलाई क्रमशस्१ हजार ८ सय,१ हजार ५ सय,१ हजार २ सय, को साथमा प्रमाणपत्र र सहभागी समुहलाई नगद रु ५ सय प्रदान गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै उपाध्यक्ष शर्माले भेदभाबरहित रुपमा निश्वार्थ भावले समाजको सेवा गर्न धर्मले सिकाएकोले त्यसको अनुशरण गर्न आग्रह गर्नुभयो।

