यी हुन् कांग्रेसले १८ असोजमा जिल्ला अधिबेशन सम्पन्न गर्ने तयारी गरेका २१ जिल्ला



काठमाडौं।नेपाली कांग्रेसले १८ असोजमा २१ जिल्लामा जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ । उच्च हिमाली क्षेत्रमा हिउँ पर्ने र चिसो बढ्ने भएका कारण ती जिल्ला मा दसैँअगाडि नै अधिवेशन गर्न लागिएको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए।

असोज ७ गते बसेको कांग्रेस पदाधिकारी बैठकले हिमाली जिल्ला मा दशैं अघि र अन्य जिल्लामा दशैंपछी जिल्ला अधिबेशन गर्ने निर्णय गरेको थियो।पदाधिकारी बैठकको सोही निर्णय अनुसार
त्यसका लागि केन्द्रीय निर्वाचन समितिले ती जिल्लाहरूको नाम सार्वजनिक समेत गरेको छ ।

निर्वाचन समितिका अनुसार ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, रामेछाप, गोरखा, रुकुम पूर्व र म्याग्दी जिल्लामा १८ असोज भित्र जिल्ला अधिवेशनअघिका सबै प्रक्रिया पुरा गरेर जिल्ला अधिवेशन गरिने छ । रसुवामा भने वडा अधिवेशन नै भएको छैन ।

कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ भने वडा अधिवेशन सम्पन्न भएकामध्ये ६० जिल्लामा पालिका तहका अधिवेशन सम्पन्न भएको कांग्रेसले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्