खुम्बु पासाङल्हामू : आँखा शिबिरमा छनौट भएका बिरामीको मोतिबिन्दुको शल्यक्रिया भोलिबाट
खगिन्द्रराज बास्तोला
सोलुखुम्बु ।मोतिबिन्दु भएका तर कोभिड महामारी लगायतको कारण शल्यक्रिया गराउन नसकेका खुम्बु क्षेत्रका बिरामीहरुलाई लक्षित गरि खुम्बु पासाङल्हामु गाउँपालिकाका विभिन्न ठाउँहरुमा सञ्चालन भइ रहेको आंखा शिबिर मध्ये खुन्दे अस्पतालमा मंगलबार १९३ जनाको आँखा परीक्षण ९ जना मोतिबिन्दुका बिरामीहरुलाई शल्यक्रियाका लागि छनोट गरिएको छ ।

यसअघि असोज ३ गते पासाङल्हामु निकोल निकी अस्पताल लुक्लामा भएको शिविरमा ४२३ जना बिरामीहरुको आँखा परीक्षण मोतिबिन्दु छनोट १३ जना र ६६ जनालाई चस्मा वितरण गरिएको थियोे भने नाम्चे स्वास्थ्य चौकीमा असोज ५ गते भएको शिविरमा १४७ जना आँखा स्वास्थ्य जाँच, मोतिबिन्दु शल्यक्रियाका लागि छनोट २ जना र चस्मा वितरण २२ जनालाई गरिएको फाप्लु सामूदायिक आँखा अस्पालका इन्चार्ज पुष्पबाबु बस्नेतले बताउनुभयो । त्यसैगरी असोज ६ गते थामे स्वास्थ्य क्लिनिकमा गरिएको परीक्षणमा १५४ जनाको आँखा जाँच, मोतिबिन्दु छनोट गरि शल्यक्रियाका लागि ८ जना बिरामीहरु रहेका शिविरमा संलग्न स्वास्थ्य स्रोतले जनाएको छ ।
फाप्लु सामूदायिक आँखा अस्पतालका इन्चार्ज पुष्पबाबु बस्नेत र तिलगंगा आँखा अस्पतालका नेत्र प्राविधिक नरुदेव भण्डारीबाट स्क्रिन टेष्ट भइरहेको शिविरको शल्यक्रिया भने तिलगंगा आँखा अस्पतालका बरिस्ठ नेत्र रोग विशेषज्ञबाट असोज ९ र १० गते खुन्दे अस्पतालमा हुने छ भने शिविर तिलगंगा आँखा प्रतिष्ठान काठमाडौ, खुम्बु पासाङल्हामु गाउँपालिका र खुन्दे अस्पतालको आयोजनामा सञ्चालन भएको हो ।

