प्रहरीद्वारा ५७ थान बेवारिसे मोबाइल बरामद

काठमाडौं।प्रहरी प्रभाग नागढूङ्गावाट खटिएको टोलिले चेकप्वाईन्टमा चेकजाँच गर्ने क्रममा ५७ थान मोबाईल बरामद गरेको छ।

महेन्द्रनगरबाट काठमाण्डौतर्फ आउँदै गरेको ना ८ ख ७६७२ नम्बरको यात्रु बाहक बसलाई रोकी चेक जाँच गर्ने क्रममा मंगलबार उक्त बसमा बिल भरपाई नभएको पुरानो देखिने ती वेवारिसे मोबाईलहरु रीतपुर्वक बरामद गरी वृत्त थानकोटमा कारवाहिको लागी पठाएको महानगरीय प्रहरी परिसरका प्रबक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।
बस्नेतका अनुसार जम्मा रु ११लाख ३० हजार बरावरको मोबाईलहरु वृत्त थानकोटवाट आबश्यक कारबाहीको लागी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय काठामाण्डौँ पठाईएको छ।

