आज देशभर हल्कादेखि मध्यमस्तरको बर्षा हुने



काठमाडौं।आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन विभागले अनुरोध गरेको छ ।

निरन्तरको वर्षाले माटो गलेकाले सानो पानी पर्दा पनि पहिरो जानसक्ने भएकाले कमजोर पहाडमा बस्नेहरुले विशेष सतर्क हुनुपर्ने मौसमविद् प्रतिभा मानन्धर बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्