सोलु कांग्रेसले बुझायो ध्यानाकर्षणपत्र, तत्काल पर्यटन राहत घोषणा गर्न माग !
सोलुखुम्बु, २ असार । नेपाली कांग्रेस सोलुखुम्बुले प्रमुख जिल्ला अधिकारी रमा आचार्यमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ।
पार्टी केन्द्रीय सदस्य बलबहादुर केसीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेका नेताकार्यकर्ताहरुको प्रतिनिधित्व गर्दै पार्टी जिल्ला सभापति बिनोद कुमार बस्नेतले सोमबार सो ध्यानाकर्षणपत्र प्रजिअ आचार्यलाइ बुझाएको महासमिति सदस्य शम्भुहरी बास्तोलाले जानकारी दिए।
कोरोना महामारीको सन्दर्भमा सरकारको गैर जिम्मेवारपन, अर्कमण्यता, असक्षमता र भ्रष्टाचारको विरुद्धमा स्वदेश र विदेशबाट एकसाथ प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै विशेष ज्ञापन पत्र बुझाउने नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारीमार्फत् नेपाल सरकारका प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको बास्तोलाले बताए।
प्रजिअमार्फत कांग्रेसले बुझाएको सो ध्यानाकर्षणपत्रमा प्रमुख विपक्षी दलको हैसियतले नेपाली जनताको स्वास्थ्य अवस्थाप्रति उच्च संबेदनशिल भइ सुरुवाती चरणदेखि सचेत गराउँदै आएपनि सरकारले आफ्नो सुझावको बेवास्ता गर्दा परिष्थिती बिकराल बन्दै गएको आरोप लगाइएको छ।
एकातिर लकडाउन लम्ब्याइ रहने अर्को तर्फ परीक्षण अत्यन्त न्यून गर्ने सरकारको कार्यशैलीका कारण राज्यकोषबाट १० अर्ब रुपैयाँ सकिदा पनि संक्रमितको संख्या बढी रहनु दुस्खद भएको भन्दै ध्यानाकर्षण पत्रमा अकर्मण्य र गरजिम्मेवारीले कोरोनाबाटमात्र नभई अन्य स्वास्थ्यसेवाको पंहुचबाट समेत नागरिकहरु टाढा हुनुपरेको उल्लेख गरिएको छ।
जेठ २६ गते केन्द्रीय समितिले गरेको निर्णय अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेलले २८ गते प्रधानमन्त्री ओलिसमक्ष प्रस्तुत गर्नुभएको ध्यानाकर्षण पत्रको समर्थन गर्दै पार्टी जिल्ला सभापति बस्नेतद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा नेपाल सरकारले पर्यटन राहत कार्यक्रम घोषणा गर्नुपर्ने,कोरोना महामारीको बहानामा जिल्लाका स्थानीय तहले गरेको खर्च सार्बजनिक गर्नुपर्ने लगायत १० बुंदे सुझाव दिइएको छ।
यस्तो छ, सोलुखुम्बु कांग्रेसले बुझाएको ध्यानाकर्षण पत्र !
–