नेकपा एमाले सोलुखुम्बुको १३ औं पूर्ण बैठक आगामी शनिबार बस्ने
सोलुखुम्बु।नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुको १३ औं पूर्ण बैठक आगामी शनिबार बस्ने भएको छ।

पार्टी बिभाजनपछिको अवस्थाको आंकलन गर्दै बैठकले पार्टीको आगामी रणनीति र कार्ययोजना निर्माण गर्ने बताईएको छ।आगामी मंसिरका लागि तय गरिएको १० औं महाधिवेशन अन्तरगत हुने वडा अधिबेशन र गाउँ अधिबेशनको तयारीका सम्बन्धमा बैठक केन्द्रित हुने जिल्ला कमिटी सोलुखुम्बुका सचिब एबम् संगठन बिभाग प्रमुख हर्कबहादुर राईले जानकारी दिनुभयो।
पार्टी केन्द्रीय र स्थायी समिति बैठकको निर्णय अनुसार १० बुंदे सहमति कार्यान्वयन स्वरुप यो बैठक बोलाईएको राईको भनाइ छ।बैठकमा दुइ पार्टी एकीकरण हुनु पूर्ब को एमालेका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहने
सचिब राईले जानकारी दिनुभयो। बैठक पार्टी कार्यालय आवा डांडामा आगामी शनिबार बिहान ११ बजे शुरु हुनेछ ।

