तिजपर्बको सास्कृतिक महत्त्व

रोशनी बुढा

हरिकातिका तिजको एतिहासिक सास्कृतिक महत्व हाम्रो नेपाली समाजमा अत्यन्त उच्च मानिन्छ । समाज सास्कृतिक, मानबिय उत्प्रेरकको रुपमा अन्तरक्रिया, बाद, प्रतिबाद, सघर्स,आपसी सम्बन्ध र भाबनाको अन्तरसम्बन्ध जालो हो । समाजमा मानिसले एकातिर आफ्नो खुशी, प्रगती, उन्नतिलाई देखाउने र अर्काको दुख, बेदना, पीडा र सम्बेदनामा रम्ने गरेको देखिन्छ भने अर्कोतिर आफ्नो खुसी र प्रगतिलाइ बाड्ने र अरुको दुख र पिडामा पनि आँसुख साउने र सम्बेदना प्रकट गर्ने क्षेमता राख्छ । पितृसत्तात्मक सामाजिक बनोटमा स्थापित यो तिज पर्वको महत्व यहि दुबै प्रवृत्ति को दन्दको बिचबाट स्थापित भएको पाइन्छ ।
एतिहासिक रुपमा विभिन्न चाड पर्बको स्थापना हाम्रो नेपाली समाजमा हिन्दु धर्मसँग जोडिएर आएको देखिन्छ । तिज पनि हिन्दु धर्म र परम्परामा स्थापित भएको एउटा चाड पर्व हो पितृसत्तात्मक समाजमा विशेष गरी शासकीय क्षेत्रबाट नै महिला माथी हुने अन्याय ,अत्याचार, शोषण दमनलाई आधिकारिकता र स्वीकृति दिने चलन थियो । त्यसका विरुद्धमा कम्तिमा एक बर्षमा आफ्ना भावना,पीडा र दुखलाई गित संगीतको माध्यामले अभिब्यक्त गर्ने, बिद्रोह गर्ने र त्यो पिडालाई मनोरञ्जनमा रुपान्तरण गरि पीडा बिर्सने र आफ्नो भावना स्वतन्त्र रुपमा पोख्ने माध्यामको रुपमा तिज पर्बलाई लिन सकिन्छ । एकातिर शासकबर्गले नेपाली महिलालाई सामान्ती चिन्तनअनुसार दासत्व सहन बाध्य तुलाउने र अर्कोतिर त्यही दासत्वविरुद्धको शसक्त बिद्रोहले जन्माएको तिजपर्बको महत्व समाजको सामाजिक आर्थिक राजनैतिक र साकृतिक परिबर्तन गर्नमा ठूलो योगदानको रुपमा लिनसकिन्छ ।
वर्षमा एक पटक परिबारका सदस्यहरु भेट्ने मीठो मसिनो खाना खाने राम्रो लगाउने खुशी र दुखलाई साटासाट गर्ने र पीडालाई बिर्सदैन या जिन्दगीका ेसुरुवात गर्ने अर्थमा चाड पर्बको महत्व अत्यन्तै ठूलो छ । त्यसमा पनी तिज पर्व महिलासँग सम्बन्धित रहेको र वर्षमा कम्तिमा एकपटक आमा बुवा दाजु भाइ दिदी बैनीलाई र सम्पुर्ण माइतिलाइ भेटी पिडा दुख र वेदना लाई गितको माध्यामले बिद्रोह ओकल्दै रमाइलो गर्ने एउटा शसक्तमाध्यम बनेर स्थापित छ ।
गरिबी,अभाव ,अन्याय , शोषण दमन सासू ससुरा र घरपक्षबाट पाइने अपहेलनालाई गित संगीतको माध्यमबाट ब्यत गर्दा जन्मेको तिजपर्व र यो दिनलाई एउटा स्वतन्त्र दिनको रूपमा लिन सकिन्छ । साथै बिबाहित महिलाले आफ्नो श्रीमान्को आयु लामो होश भनी गर्ने व्रत र अविवाहित नारिले माहादेबजस्तो राम्रो र शक्तिशालि वर प्राप्त होश भनी गर्ने व्रतले पितृसत्ताको पराकाष्ठा र नारिलाई पुरुषको दासी बनाउनु पर्छ भन्ने सोचबाट ग्रसित छ । यस्ता नकारात्मक सोच र चिन्तनलाई हटाइ प्रगतिशील धारण र बैज्ञानिक चिन्तनबाट अभिप्रेरित भै तिजपर्वलाई लिन सके सास्कृतिक रुपान्तरणमा ठूलो योगदान हुन्छ ।
भोकभोकै बसेर रोगको सिकार हुनुभन्दा महिला र पुरुष एक रथका दुई पाङ्ग्रा हुन र प्रकृतिका समान उपहार हुन, एकले अर्कालाई समान ब्याबहार गर्नुपर्छ भन्ने चेतनाको बिकास भए यो पर्वको महत्व अझ बढेर जानेछ । सामान्तबाद माथी पुजिबादको जितसँगै अचेल विभिन्न पर्बमा आएका अनेक भड्किला ब्याबहारले स्वयंम पर्वको भावनामाथी चोट पु¥याने काम भएको देखिन्छ । तिज पर्वमा सकिनसकी देखासेकी गर्ने,भड्किलो रुपमा समाजमा प्रस्तुत हुने रिन गरे रै भए पनि भड्किलो गहना कपडाको जोरजाम गर्ने एकमहिना अघिबाटै दर खाने र बिदेशी गितसंगीतमा रम्ने नाममा होटेल रेस्टुरेन्ट बुक गर्नेजस्ता खर्चिला ब्याबहार तिजपर्वमा भित्रिएकाछन् ।
यस्ता प्रवृत्तिले महिलालाइ स्वतन्त्रता तिर होइन अनुसासनहिन बिकृतीतिर लम्काउने पक्का छ । त्यसकारण तिजलाई बिकृतिजन्य पर्वको रुपमा स्थापित गर्नु हुदैन यसलाई सामुहिकता, समानता, स्वतन्त्रता र राम्रो र स्वस्थ मनोरञ्जनका रुपमा लिइ मनाउन सकेमा तिजको महत्व र तिजपर्बको सान्दर्भिकता समाजमा चिरस्थाइ भैरहनेछ ।

