अदालतले नै कानूनी प्रक्रिया मिचेको रास्वपा सांसद गौतमको गम्भीर आरोप



काठमाडौं,४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले अदालतले नै कानूनी प्रक्रिया मिचेको गम्भीर आरोप लगाएकी छिन्।

प्रतिनिधि सभाको आइतवारको बैठकमा बोल्दै सांसद गौतमले यस्तो आरोप लगाएकी हुन्। सांसद गौतमले अदालतले कार्यपालिका जस्तै प्रवृत्तिमा न्याय सम्पादन गर्न थालेको आरोप लगाउँदै यसरी मुलुकमा विधिको शासन कायम हुन नसक्ने टिप्पणी गरिन्।

अदालतले कानूनको उचित प्रक्रिया उल्लङ्घन गरेको भन्दै पूर्वन्यायधीशहरूको फोरमले समेत प्रश्न उठाउनुपर्ने बेला भएको बताइन्।

सूर्यदर्शन सहकारी हिनामिना प्रकरण मुद्दामा पार्टी सभापति रवि लामिछाने पक्षलाई पेसी तोकिएको सूचना नै नदिई उच्च अदालत पोखराले बिहीबार एकतर्फी सुनुवाई अघि बढाएको प्रति सांसद गौममले यस्तो टिप्पणी गरेकी हुन्।

सूर्यदर्शन सहकारी वचत हिनामिना प्रकरण मुद्दामा रास्वपा सभापति रवि लामिछाने पक्षलाई पेसी तोकिएको सूचना नै नदिई उच्च अदालत पोखराले बिहीबार एकतर्फी सुनुवाइ अघि बढाएको समाचार बाहिरिएको थियो।

प्रतिक्रिया दिनुहोस्