एन्टेजिन परीक्षणमा कोरोना पोजेटिभ नागरिकलाई थुलुङ दुधकोशीले राहत उपलब्ध गराउने

सोलुखुम्बु ।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले एन्टिजेन परीक्षणमा पोजेटिभ स्थानीयबासीलाई राहत उपलब्ध गराउने भएको छ।

विभिन्न संघसंस्थाहरुको सहयोगमा कोभिड–१९ मास एन्टिजेन टेस्टिङ प्रोजेक्ट सन्चालन गरी कोरोना पोजेटिभ देखिएका नागरिकलाई आवश्यक राहत उपलब्ध गराउन लागिएको गाउँपालिका अध्यक्ष अशिम राईले जानकारी दिए ।
अध्यक्ष राइका अनुसार क्कोरोना पोजिटिभ स्थानीयलाई आवश्यक औषधी , चामल १ बोरा, तेल १ प्याक, दाल १ किलो , साबुन , टुथपेस्ट लगायतका आवश्यक सामग्रीहरु राहत स्वरुप नि:शुल्क उपलब्ध गराउन लागिएको हो।
स्वयर्स एक्सन हङकङ, एएनएमएफ अमेरिका, रोटरी क्लब काठमाण्डौँ, स्चेयूच फाउण्डेशन अष्ट्रियाको आर्थिक सहयोग तथा भोलेन्टियर क्लबस नेपालको सहकार्यमा सन्चालन गर्न लागिएको एण्टिजेन परिक्षणका लागि स्थानीयबासीले सम्बन्धित वडाको स्वास्थ्य चौकीमा सम्पर्क गर्नुपर्ने बताएका छन् ।
प्रोजेक्ट सन्चालनका लागि समन्वय गरेको भन्दै अध्यक्ष राईले कृषि मन्त्रालयका पूर्बसचिब योगेन्द्र कुमार कार्की,भीसीएन नेपालका अध्यक्ष दिपक चापागाईं,उपाध्यक्ष राधा मतंगी लगायतलाई धन्यवाद समेत दिएका छन् ।

